Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारी बैंकको योजना ‘टीकाअघि नै दक्षिणा’


कुमारी बैंकको योजना ‘टीकाअघि नै दक्षिणा’

काठमाडौं,कुमारी बैंक लिमिटेडले दशैंलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित टीकाअघि नै दक्षिणा दिने भएको छ।बैंकले ‘टीकाअघि नै दक्षिणा योजनामा कार्ड तथा मोबाइल बैंकिङद्वारा भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकले २५ प्रतिशत वा अधिकतम पाँच सय एक रुपैयाँसम्म क्यासब्याक दिइने बताइएको छ।

क्यासब्याक रकम पिओएस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट हुने कारोबारमा प्रदान गरिने बैंकले बताएको छ। यो योजना असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने बैंकले बताएको छ। बैंकले हाल देशभरमा ३ सय ८ शाखा, ४९ विस्तारित काउन्टर, तीन सय नौ एटिएम र ६४ शाखारहित बैंकिङ इकाइद्वारा सेवा दिइरहेको बताएको छ।