Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीमा एक करोडबढीको अवैध सामान बरामत


कर्णालीमा एक करोडबढीको अवैध सामान बरामत

काठमाडौं । कर्णालीमा १ वर्षको अवधिमा १ करोड भन्दा बढीका अवैध सामानहरु बरामद गरिएको छ । प्रदेशका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा १ करोड बढी रुपैयाँको अवैध सामान बरामद गरिएको हो । गत आर्थिक वर्ष २०७९-०८० मा प्रहरीले कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार चोरी–तस्करी गरिएको १ करोड ४४ लाख ८३ हजार ७ सय ९ रुपैयाँको अवैध सामान बरामद गरेको छ ।

भन्सार छली र तस्करी गरी ल्याएका चिनी, मल, सुर्ती, लत्ताकपडा, प्लास्टिक र काठ लगायतका सामान नियन्त्रणमा लिएर बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालले जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिइ कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) गोपालचन्द्र भट्टराईले बताए । धेरैजसो कर्णाली छिर्ने बबई नाकाबाट भन्सार छलीका सामानहरु ल्याइने गरिएको उनले बताए ।

त्यस्तै, प्रहरीले विभिन्न स्थानहरूबाट १ हजार ३ सय ५९ क्युफिट काठ पनि बरामद गरेको छ । १६ क्विन्टल काइनेटिक ढुंगा, २० बोरा सुनपाती, ८ सय केजी सेतक चिनी, २ हजार १ सय ९२ केजी जटामसी, ४ सय ७६ केजी, पदमचाल्नो पनि बरामद गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै, एक मृत घोरल, भालुको पित्त एक थान र चितुवाको छाला एक थानसहित ४७ जनालाई पक्राउ छ । प्रहरीले ५१ नाल भरुवा बन्दुक पनि नियन्त्रणमा लिएको जनाएको छ ।