ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) को साढे १० महिनाको अवधिमा ५७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
महानगरपालिकाको वित्तीय विवरण अनुसार २० वैशाखसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
आयततर्फ भने महानगरले लक्ष्यको ७०.३३ प्रतिशत प्राप्ति गरिसकेको छ । यस आवमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलनको अनुमान थियो । २० वैशाखसम्म १ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ संकलन भएको महानगरले जनाएको छ ।