Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बाँके ट्राफिक प्रहरीले पाँच महिनामा एक करोड राजश्व सङ्कलन गर्यो


बाँके ट्राफिक प्रहरीले पाँच महिनामा एक करोड राजश्व सङ्कलन गर्यो

काठमाडौं । बाँके ट्राफिक प्रहरीले पाँच महिनामा एक करोड राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०८०-८१ को पाँच महिनामा जरिवानाबापत एक करोड रुपैयाँ राजश्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत साउनदेखि मङ्सिर मसान्तसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरबाट ट्राफिक नियमको उल्लङ्घन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गर्दै ९१ लाख ४८ हजार ५ सय रुपैयाँ र ८१९ चालकलाई मादक पदार्थ (मापसे) कारबाही गर्दै ८ लाख १९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

ट्राफिक प्रमुख सुवेदीका अनुसार गत साउनमा ट्राफिक नियम उल्लङ्घन गरी चलेका १ हजार ७ सात ५७ सवारी साधनलाई कारबाही गर्दै १३ लाख ६७ हजार ५ सय जरिवाना गरिएको छ भने साउन महिनामै मादक पदार्थ (मापसे) सेवन गरेर चलाइएका १४४ जना चालकलाई कारबाही गर्दा १ लाख ४४ हजार रुपैयाँ राजश्व उठेको छ ।

यस्तै भदौ महिनाभर १ हजार ९ सय ६१ सवारीसाधनबाट १५ लाख ६ हजार ५ सय र मापसे कारबाहीमा १ सय ४८ चालकलाई कारबाही गर्दा १ लाख ४८ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । असोज महिनामा ट्राफिक नियम विपरीत चलेका २ हजार ६ सय ७८ सवारीसाधनबाट २० लाख ४५ हजार र मापसे कारबाहीमा १ सय ३८ चालकबाट १ लाख ३८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिए ।

नियम उल्लङ्घन गरी कार्तिक महिनामा जिल्लाभरमा चलेका २ हजार ४ सय ७६ सवारी साधनलाई कारबाही गर्दै बाँके ट्राफिकले १८ लाख ९९ हजार रुपैयाँ र मापसे कारबाहीमा २ सय ३१ चालकबाट २ लाख ३१ हजार रुपैयाँ सङ्कलन गरेको छ भने मंसिरमा २९९६ सवारी साधनबाट २३ लाख ३० हजार ५ सय र मापसे कारबाहीमा १५८ चालकबाट १ लाख ५८ हजार रुपैयाँ सङ्कलन गर्दै साउनयता ४ महिनामा ९९ लाख ६७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको सुवेदीले बताए। त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरमा ३९ हजार ८ सय ७६ जनालाई ट्राफिक सचेतना तालिम दिएको छ ।

बाँके ट्राफिक प्रहरीका अनुसार गत साउन महिनामा १२१ पटकको ट्राफिक सचेतना कार्यक्रममा ६७ सय २६ जना सहभागी भएका थिए भने भदौमा १५३ पटकमा ६८ सय ५६ जना र असोज महिनाभर १८५ पटक दिइएको ट्राफिक सचेतना कार्यक्रममा ७२ सय ९० जना सहभागी भएका थिए । यस्तै कार्तिक र मंसिरमा क्रमशः २०४ पटकमा ६९ सय ८९ र २३२ पटकको सचेतना कार्यक्रममा १२ हजार २३ जना सहभागी भएका थिए ।