Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचकमा उच्च अंकको गिरावट


नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

सोनापुर मिनरल्स २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४ रुपैयाँ, हिमालयन डिस्टिलरी २० करोड छ लाख २० हजार एक सय ६० रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट १५ करोड ३६ लाख २० हजार चार सय ९२ रुपैयाँ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय रुपैयाँ नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।