Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसक्यो, सुधार गर्न कत्ति पनि ढिलो नगरौंःअध्यक्ष अग्रवाल


अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसक्यो, सुधार गर्न कत्ति पनि ढिलो नगरौंःअध्यक्ष अग्रवाल

काठमाडौं, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि ढिलो नगर्न आग्रह गरेका छन्। केही समय अगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार गर्न आग्रह गरेका हुन्।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्ने तर्फ ध्यान दिन सरकारलाई अनुरोध गरेका हुन्।

गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूर धाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी मोडलमा उद्योग परिसंघलाई निर्माण तथा सञ्चालन गर्न दिन अनुरोध समेत गरेका छन्।