Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी सञ्चालनको सुरक्षा र बचत कर्ताको रकम सुरक्षीत गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण, सहकारीका समस्यामा राज्य गम्भीर


सहकारी सञ्चालनको सुरक्षा र बचत कर्ताको रकम सुरक्षीत गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण, सहकारीका समस्यामा राज्य गम्भीर

काठमाडौं, ३१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्थाभित्र देखिएका समस्याका विषयमा राज्य गम्भीर रहेको बताए छन् । उनले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने भन्दै सरकारले अहिलेको समस्यालाई गमभीरताका साथ हेरिरहेको बताए ।

सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँगको छलफलमा अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नु पर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने, स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने रु र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए । उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताए । नागरिकलाई छिटो सेवा दिनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।