Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीबाट ३३ अर्ब बाहिरियो


तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीबाट ३३ अर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीले ३३ अर्ब लिएर गएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल वदेश भ्रमणतर्फ ५१ अर्ब ८० करोड बाहिर गएको छ । यसमध्ये शिक्षातर्फको खर्च भने ३२ अर्ब ९२ करोड रुपियाँ छ ।

गत आर्थिक वर्षको सुरुको तीन महिनामा बाहिरिएका रकमको तुलनामा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ७६.१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा भ्रमण खर्च २९ अर्ब ४१ करोड रहेकोमा शिक्षामा मात्र १७ अर्ब ८९ करोड बाहिरिएको थियो ।