Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्काको विषयमा चार जनाको निवेदन


कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्काको विषयमा चार जनाको निवेदन

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै निवेदन परेको छ । ४ जना लगानीकर्ता दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतराले नेपाल धितोपत्र बोर्डसमक्ष सूचना माग गरेका हुन् ।

‘नेपाल धितोपत्र बोर्डको कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्ने सम्बन्धमा जारी भएको प्रेस विज्ञप्तिमा अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोबार स्थगन गरि, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ, भन्ने व्यहोरा उल्लेख भएको रहेछ ।

संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक अधिकारमा समावेश गरेको उल्लेख गर्दै धारा २७ बमोजिम प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक रहेको निवेदनमा जनाइएको छ ।