Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते


दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते

काठमाडौं । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए ।

प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीको भनाई छ ।