Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ


नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने ४.३७ प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्म ६ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

बैंकले इम्पेयरमेन्ट चार्ज १४६.४५ प्रतिशतले बढाएको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ६६ करोड रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ४.१६ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।  

बैंकको कर्मचारी खर्च २ अर्ब ७१ करोड र अन्य सञ्चालन खर्च ७६ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । रिजर्भको आकार भने २१ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४६.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७९.४४ गुणा र तरलता अनुपात ३३.८३ प्रतिशत कायम भएको छ ।