Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असुरक्षीत बन्दै विश्वको अर्थतन्त्र बजार, अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक


असुरक्षीत बन्दै विश्वको अर्थतन्त्र बजार, अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक

एजेन्सी, २८ असार । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।

माइक्रोसफ्टको क्लाउड–बीआरडी नामक सुरक्षा प्रोटोकलको प्रयोग गरी एकदमै चलाखीपूर्वक र लक्षित तरिकाले उक्त आक्रमण गरिएको पाइएको छ । विशेषगरी चीनसँगको व्यापार तथा कूटनीतिक सम्बन्धसँग सम्बन्धित विभिन्न व्यक्ति तथा सरकारी निकायलाई निसाना बनाइएको अमेरिकी सरकारी अधिकारीहरूले जनाएका छन् ।

वासिङटन पोस्टका अनुसार ह्याकरहरूले अमेरिकी वाणिज्यमन्त्री जिना रमान्डोको समेत इमेल ह्याक गरेका थिए । अमेरिकी सरकारले चिनियाँ सरकार र प्रविधि कम्पनीहरूको अत्याधुनिक सेमिकन्डक्टर चिप आयातमा अंकुश लगाउने र अमेरिकी घरेलु सेमिकन्डक्टर चिपहरूको उत्पादन बढाउने चर्चित चिप ऐनको प्रस्तावक र प्रवर्द्धक हुन्– रमान्डो ।

सो आक्रमणमा ह्याकरहरूले क्लासिफाइड भनिने अमेरिकी अति गोप्य दस्तावेज र इमेलहरूमा पहुँच भने पाउन नसकेको तथा अमेरिकी सैन्य र रक्षासम्बन्धी निकायहरूमा आक्रमण नभएको अमेरिकी सरकारी अधिकारीहरूको स्पष्टोक्ति छ । सो आक्रमणको खुलासा माइक्रोसफ्टले मंगलबार सार्वजनिक भएको आफ्नो ब्लगमा गरेको थियो ।

स्टर्म–०५५८ भनिने सो ह्याकर समूहले लगभग २५ वटा विभिन्न अमेरिकी निकायहरूको इमेलमा पहुँच बनाएको र आफूहरूले झन्डै एक महिनाअघि थाहा पाउनेबित्तिकै सम्बन्धित निकायहरूलाई सचेत गराइसकेको कम्पनीको दाबी छ । लण्डनस्थित चिनियाँ दूतावासले भने यसलाई ’मिथ्या सूचना’ भएको बताएको छ भने अमेरिकी सरकारलाई ’विश्वकै ठूलो ह्याकिङ साम्राज्य’ भनेको छ ।