Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारद्धारा ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन


सरकारद्धारा ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले इजाजत नलिई मोबाइलहरूमा देखिने गरी सञ्चालन भइरहेको ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले इजाजत पत्र नलिई सञ्चालित ओटीटी तथा भिओडीहरु बन्द गर्ने समेत जनाएको छ । नेपालमा व्यक्तिको हात हातमा रहेका स्मार्ट फोनमा निर्वाध रुपमा इजाजतबिनाका स्वदेशी तथा विदेशी टेलिभिजन तथा अनलाइन प्लेटफर्महरू सञ्चालनमा छन् ।

यो गैरकानूनी मात्र छैन, यसबाट अर्बौँको राजश्व समेत सरकारले गुमाइरहेको छ । विभागले OTT, VOD, IPTV सेवाहरु अनुमति नलिई सञ्चालन गरिरहेका संस्थाहरूलाई तत्काल सो सेवा बन्द गर्न भनेको हो । विभागबाट इजाजत पत्र लिएर मात्र ती भिडिओ अनलाइन प्लेटफर्महरू सञ्चालन गर्न विभागले सूचना जारी गरेको छ । अनुमति नलिई सञ्चालित सबै खाले त्यस्ता प्रसारणहरू बन्द गरी कानून बमोजिम कारबाही गर्ने समेत विभागले जनाएको छ ।

नेपाली एपहरू डिसहोम गो, नेट टिभी मोबाइल एप, भाया टिभी मोबाइल एपलगायत ओटीटीहरु सञ्चालनमा छन् । यो सूचनाले नेपाली एपहरूलाई कानूनी दायरमा ल्याए पनि विदेशी एपको हकमा सूचना बोलेको छैन । नेटफ्लिक्स, अमेजन, सोनीलगायतका दर्जनौँ विदेशी विशेष गरी भारतीय एपहरूले इन्टरनेटको माध्यमबाट अर्बौँ रुपैयाँ नेपालबाट लगिरहेका छन् । उनीहरूलाई रोक्ने वा नेपालमा दर्ता गरेर सञ्चालन गर्नेतर्फ सरकारले अझै काम गरेको छैन ।

विभागले जारी गरेको सूचना विदेशी ओटिटीहरुको हकमा मौन र स्वदेशीकै हकमा पनि अपूरो रहेको टिप्पणी व्यवसायीले गरेका छन् । राष्ट्रिय प्रसारण एनेका दफा ४,६,१० र १७ बमोजिम अवैध प्रसारण गरेर उपभोक्ताबाट पैसा उठाएकोमा कारवाही गर्नेबारे विभागले मौनता साँधेको छ । त्यस्तै उपभोक्ताबाट शुल्क पनि लिएका तर राष्ट्रिय प्रसारण ऐन बमोजिम गैरकानून ओटिटी मोबाइल एप चलाएर टेलिभिजन व्यवसायलाई धरशायी बनाएकोमा जवाफदेहीता कसले लिने भन्ने प्रश्न सन्चार मन्त्रालय र प्रसारण विभागमाथि उठेको छ ।