Wednesday, July 30, 2025

२०८२ श्रावण १५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात बढ्योः महासङ्घका अध्यक्ष ढकाल


नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात बढ्योः महासङ्घका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिले पनि कतिपय ‘डेरि आइट’ हरू मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

उनका अनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरू उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरू आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए । उनले दुधजन्य विभिन्न वस्तुहरू उत्पादन गरेरै ठुलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताए । उनकाअनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरू गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन ।

अहिले पनि सरकारी कानुनहरू परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रूपमा लागेको समेत अध्यक्ष ढकालले बताए । उनकाअनुसार अध्यादेशमार्फत धेरै कानुनहरू संशोधन गर्न सकिएको छ ।

आगामी दिनमा समेत बाँकी कानुनहरू संशोधनमा लैजानका लागि महासङ्घले लबिइङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानुनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरू यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिए ।