काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल गरेको छ । संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा बोर्डलाई व्यापारिक स्वार्थ समूह तथा तिनका बिचौलियाहरूको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षहरूमा अपिल समेत गरिएको छ । पुँजी बजार शुद्धीकरणको महाअभियान मार्फत सत्य तथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने विषयमा समेत संगठनले जोडदार माग गरेको छ ।
धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल [विज्ञप्ती सहित]