Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्राधिकरणलाई यादवको प्रश्नः सामान्य नागरिकले एक महिना ढिला गर्दा लाइन नै काट्दिने तर अर्बौं रुपैयाँ नतिर्ने उद्यागीलाई सहुलियत किन ?


प्राधिकरणलाई यादवको प्रश्नः सामान्य नागरिकले एक महिना ढिला गर्दा लाइन नै काट्दिने तर अर्बौं रुपैयाँ नतिर्ने उद्यागीलाई सहुलियत किन ?

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगीहरूले अरबौँ रकम बक्र्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण माग गरेका छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद यादवले सामान्य नागरिकले एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने, तीन महिना शूल्क तिर्न नसके लाइन नै काट्दिने तर ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहेको भन्दै प्रश्न उठाएका हुन् ।

संसदको सार्वजनिक लेखा समितिले ३५ दिनभित्र विद्युत प्राधिकरणको बक्यौदा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका उद्योगीबाट असुल गर भनेर निर्देशन दिँदा पनि विद्युत प्राधिकरणले अटेरी गरेको बताए ।