काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप अवधि आगामी पुस १ गतेदेखि समाप्त हुने विभिन्न बैङ्कको मुद्दती खातामा रहेको निक्षेप रकम पुनः लगानी गर्ने भएको छ ।
निक्षेपमा रहेको १२० करोड १ वर्षको लागि पुनः लगानी गरिने भएकोले नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैङ्कहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहित सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न सचिवालयले आग्रह गरेको छ ।
सचिवालयले मङ्सिर २८ गतेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२:३० बजे खोलिने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।