काठमाडौं । काठमाडौंको कीर्तिपुरमा प्राइभेट कम्पनी स्थापनागरि विभिन्न व्यक्तीहरुबाट लाखौं रुपैयाँ उठाएको पाइएको छ । प्राइभेट कम्पनी स्थापनागरि सहकारी, लघुवित्त तथा वित्तीय संस्था सरह विभिन्न व्यक्तीहरुबाट लाखौं उठाएको पाइएको हो । कीर्तिपुरकै एक प्रतिष्ठीत व्यक्तीले एक प्राइभेट कम्पनी स्थापना गरि विभिन्न व्यक्तीहरुबाट लाखौं रकम उठाएको तथ्य बाहिरिएको छ । सो कम्पनीले पब्लीकबाट ऋण वापत लाखौं रकम लिने गरेको तथ्य बाहिरिएको हो ।
कम्पनीले पब्लीकसँग ऋण लिने र त्यसलाई व्यापारिक परियोजनकालागि लगानी गरि मुनाफा कमाउने भन्दै रकम उठाएको पाइएको छ । यसरी कम्पनीले पब्लीकबाट करोडौं रकम उठाएको हुन सक्ने आकलन गरिएको छ । कम्पनीले उपलव्ध गराएको कार्डमा कम्पनीले व्यक्तीबाट ऋण लिएको देखिन्छ । जुन गैर कानुनी हो ।
कम्पनीले व्यक्तीबाट ऋण स्वरुप पैसा लिने र ऋण लिए बाफत कार्ड दिने गरेको पाइएको हो । कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा दर्ता भएको सो कम्पनीले वित्तीय कारोबार गर्न पाउदैन । उसले कम्पनी रजिष्टारको कार्यालयमा पेस गरेको 'प्रबन्धपत्र'मा कम्पनीले 'पव्लीक'सँग वित्तीय कारोबार गर्न पाउने उल्लेख नै छैन् । कम्पनीको 'प्रबन्धपत्र'मा कम्पनीकालागि बैंक वा वित्तीय संस्थाबाट ऋण लिन मिल्ने उल्लेख छ । तर कुनै पनि कम्पनीले सिधै पब्लीकसँग ऋण लिन मिल्दैन । सो कम्पनीले गरेको कार्य गैर कानुनी छ । हो कम्पनीले शेयर विक्रि गर्न भने मिल्छ तर शेयर खरिद विक्रि गरेको देखिदैन ।
उक्त कम्पनीले पब्लीकलाई भ्रममा पारेर सहकारी, लघुवित्त जस्तो धेरै ब्याज दिने लोभमा पैसा उठाएको हुन सक्ने स्रोतले बतायो । कम्पनीले दिएको कार्डमा कम्पनीका सञ्चालक, अध्यक्ष, शेयर सदस्य, वा कर्मचारीको नाम भने उल्लेख छैन । अर्को गम्भीर विषय कम्पनीलाई ऋण दिएका दुई व्यक्ती एउटै परिवारको जस्तो देखिदैन । दुबै जनाको थर फरक छ । तर, दुबै जनाको नाममा संयुक्त कार्ड छ । साथै कम्पनीले खुद ऋण दिनेहरुको खाता सञ्चालन गरेको पाइएको छ ।
दुबै जना फरक पृष्ठ भूमिका वा परिवारका सदस्य हुन भने छुट्टा छट्टै कार्ड दिनुपर्ने हो । अर्को कुरा उनिहरुको शेष पछि उनिहरुका परिवारलाई उक्त रकम जानुपर्नेमा शेष पछिको हकदार साथी भनेर दुई जनाको नाम उल्लेख गरिएको छ । हाम्रो टिमलाई प्राप्त कार्डमा उल्लेख नामहरु पीडितको गोपनीयताकालागि समावेश गरिएको छैन् । हामीले कम्पनीको नाम पनि उल्लेख गरेका छैनौं । विस २०७७ असोज ११ गतेदेखि २०७८।०९।११ गतेसम्म करिब एक बर्षलाई १ लाख १० हजार रुपैयाँ सो कम्पनीले कीर्तिपुरकै दुई व्यक्तीबाट ऋण स्वरुप ब्यापार गर्नलाई लिएको देखिन्छ । जुन गैर कानुनी छ ।
कम्पनीले पनि व्यक्तीबाट ऋणलिन मिल्छ ? कीर्तिपुरका एक व्यक्तीले भने । उक्त कार्डमा राखिएको विवरणमा शंका लागेपछि हामीले यस कम्पनीका विषयमा जान्ने प्रयास गरेका थियौं । जसको बारेमा अर्को समाचारमा विस्तृत प्रकाशन गर्ने छौं । हामीलाई प्राप्त जानकारी अनुसार सो कम्पनी कीर्तिपुरकै एक प्रतिष्ठीत सहकारीका पुर्वअध्यक्ष तथा नाम चलेका व्यक्तीले स्थापना गरेको तथ्य फेला परेको छ ।
कम्पनीमा अन्य व्यक्तीहरुपनि समावेश देखिन्छन् । यसरी प्राइभेट कम्पनी स्थापनागरि पब्लीक सँग पैसा संकलन गरे कानुनी कारबाही हुनसक्छ । सो कम्पनी कानुनको भागिदार बन्न सक्छ । उक्त कम्पनीले कीर्तिपुरमै ठुलो रकम जग्गा किनेर पैसा डुवाएको एक स्थानीयले बताए । त्यस्तै कम्पनीमा पछिल्लो समय पैसा फिर्ता माग्नेको दवाव बढेपछि सो विषय हामीसम्म आइपुगेको हो ।