काठमाडौं । काठमाडौंको मैतीदेवी स्थीत एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले ९ जना कलाकारलाई पक्राउ गरि थुनामा राखेको छ । प्रहरीले जुवा खालबाट गायक चक्र बमसहित गणेश बिष्ट,नरेन्द्र बिष्ट,सुर्पमान स्याङ्तान,रोशन सिंह,शंकर प्रसाद आचार्य,टाइम मगर,सुरेन्द्र साउद र घनश्याम अधिकारी रहेका छन् । जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँका प्रवक्ता कुमोद ढुङ्गेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।