Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हल्लाको पछि शेयरसदस्य, पत्रकारले दशै खर्च नपाउदा शिवशिखरको कीर्तिपुर शाखामा समस्या ल्याए जस्तो अन्यमा आउनु हुदैनः नजरराम महर्जन पत्रकार(भिडिओ सहित)


हल्लाको पछि शेयरसदस्य, पत्रकारले दशै खर्च नपाउदा शिवशिखरको कीर्तिपुर शाखामा समस्या ल्याए जस्तो अन्यमा आउनु हुदैनः नजरराम महर्जन पत्रकार(भिडिओ सहित)

काठमाडौं । कीर्तिपुरका स्थानीय बरिष्ठ पत्रकार तथा नागरिक समाजका अगुवा नजरराम महर्जनले एक पत्रकारले दशै खर्च नपाएकै झोकमा शिवशिखर कीर्तिपुरको शाखामा समस्या ल्याएको बताए छन् । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को गत पुस २८ गते सम्पन्न वार्षिक साधारणसभामा बोल्दै सहकारी संस्थाहरुप्रतिको गलत भ्रम मेट्नु पर्ने बताए । अहिले कीर्तिपुरका मात्रै नभइ देशैभरिका सहकारीमा समस्या छ ।

तर, कीर्तिपुरमा रहेका स्थानीय सहकारी संस्थाहरुले शेयर सदस्यहरुको रकम हिनामिना नगर्ने भन्दै ढुक्क हुन आग्रह गरे । किन कि कीर्तिपुरका सहकारी बचाउन हामी सबै लाग्नु पर्छ । उनले भने, हामी आफैले त्यो सहकारी यस्तो, उ सहकारी त्यस्तो भन्दै हिड्नु हुदैन हिजो कीर्तिपुरमा रहेको शिवशिखर सहकारीमा हामीले भनेजति पैसा बचत गर्दै गयौं ।

कीर्तिपुर भन्दा बाहिरको सहकारीले यहाँ व्यापार गर्न आएको हो भन्ने हामीले भूल्नु हुदैन थियो । आज कीर्तिपुरमा रहेका सहकारीहरुलाई हामी आफैले बचाउनु पर्छ । स्थानीयले सञ्चालन गरेका अधिकांस सहकारी संस्थाहरु अप्ठेरोमा पर्दा हामी शेयरसदस्यहरुले थप पिडा दिनु हुदैन । कसरी हुन्छ व्यवस्थापन गर्दै जानु पर्छ ।

उनले भने, ‘दर्शन साकोसमा समस्या छ, त्यो समाधानकालागि म एउटा शेयरसदस्यले के गर्नुपर्छ म गर्न तयार छु, अरु सदस्यपनि तयार हुनुपर्छ’ । ‘रुखले सबैलाई सितल दिन्छ आज त्यो रुखको हाँगाले कसैलाई असर गर्दैमा रुख काट्नु मुर्खता हो’ । हामीले व्यवस्थापन कसरी गर्ने समयमै बुझ्नु पर्छ । कीर्तिपुरका सहकारी संस्थामा समस्या आएपनि सञ्चालक कहि कतै नजाने उनको भनाई थियो । हाम्रै दाजुभाइले सञ्चालन गरेको सहकारीले हामीलाई नै अप्ठेरो पार्छ भन्नेमा मलाई विश्वास छैन ।

उनले भने, मैले कीर्तिपुरका रहेक सहकारी संस्थाको अवस्था बुझेको छु, कुन सहकारीमा के समस्या छ, कसरी व्यवस्थापन भइरहेको छ मलाई पनि थाहा छ, तर, मैले गतल प्रचार गर्न मिल्छ ? त्यसैले अहिले सहकारीलाई बचाउ, शेयरसदस्यहरुले नै अहिले समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै सुझाव दिए । देशको आर्थिक तरलताका कारण कीर्तिपुरका केहि सहकारीमा समस्या देखिएपछि शेयरसदस्यके निक्षेप सुरक्षीत रहेको उनको भनाई थियो ।