काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुरानालाई वाइवाई चाउचाउको नयाँ (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ ।
सिजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीमाझ लोकप्रिय छ । वाइवाइको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ ।
नयाँ ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाइवाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा असाध्यै खुसी लागेको बताए ।
‘वाइवाईको स्वाद यति गज्जबको छ कि यो संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ,’खुरानाले भने, ‘वाइवाई ब्रान्ड नाम नै काफी छ सिजीसँग जोडिनका लागि । म वाइवाईको नामले तानिएको हुँ ।’
त्यसैगरी सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरूण चौधरीले बलिउड अभिनेता खुरानासँग वाइवाईका लागि सहकार्य गर्न पाउँदा गौरव महशुस भएको बताए ।