Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल विद्युत प्राधिकरणले ६० अर्बको आइपीओ जारी गर्ने


नेपाल विद्युत प्राधिकरणले ६० अर्बको आइपीओ जारी गर्ने

काठमाडौं,नेपाल विद्युत प्राधिकरणले करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्ने भएको छ। प्राधिकरणले चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी सर्वसाधारणलाई त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी सेयर जारी गर्ने भएको हो।प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरेको हो।प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिसकेको छ।

कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताएका छन्।त्यस्तै, नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ। अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायतको विश्लेषण गरेको थियो।

सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो।क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ। यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ। विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो।

प्राधिकरणले देशभित्र विद्युत उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत व्यापार पनि गरिरहेको छ।सरकारले विद्युत विकासका आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी नगद वा ब्याज–साँवा पूँजीकरण र अन्य आवश्यक रकम सञ्चालनमार्फत् प्राधिकरणलाई सहयोग गरिरहेको छ।

कार्यकारी निर्देशक घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताएका छन्। क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ, आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत आयात प्रतिस्थापन छिट्टै हुँदैछ भने हरेक वर्ष हुने विद्युत निर्यात वृद्धि, आन्तरिक रुपमा हुने विद्युत खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ, घिसिङले भने।

विद्युत उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्नेछ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौं।प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले निर्माण गर्ने जलविद्युत आयोजनाहरूसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरहेको छ।

क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ।प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धाले प्राधिकरणलाई अल्कालीन रुपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७९,८० मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ। प्रणालीको विद्युत चुहावट १३.४६ प्रतिशत छ।