Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ४ अंकले घट्यो


नेप्से परिसूचक ४ अंकले घट्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा सीमित भएको छ ।
आज कुल ७४ कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको मूल्य घट्यो ।

कुल ७ कम्पनीको सेयर मूल्य स्थिर रहृयो । आज कुल १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भए । आज ८० हजार ३७८ पटकको सेयर किनबेचबाट ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

विकास बैंक र निर्जीवन बिमाबाहेक अन्य सबै उपसमूहहरु घटे । निर्जीवन बीमा २०.७८ अंक र विकास बैंक ११.१६ अंकले बढेको छ । फाइनान्स ८३.६१ अंक, उत्पादन तथा प्रशोधन ५७.१३ र माइक्रोफाइनान्स ५३.०३ अंकले घटेको छ ।