Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिः अर्थमन्त्री महत


लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् ।

सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र अर्थात् जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।

यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने महतले बताए । ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’ उनले भने ।

जलविधुत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा अर्थमन्त्रीले नेपाल–भारत व्यवसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न समेत आग्रह गरे ।