काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग व्यवसायमा घट्दै गएको लगानीका विषयमा सरोकारवाला पक्षसँग छलफल गर्ने बताएका छन् । बैङ्कहरूमा बढ्दो रकम सङ्कलनका विषयमा चासो राख्दै मन्त्री भण्डारीले निजी क्षेत्रसँगको समन्वय र सहकार्यमै सरकार अघि बढ्ने सरकारको प्रस्ट नीति रहेको भन्दै तत्काल समाधान निकाल्न गरी योजना बनाएको बताए ।
रुपन्देही व्यापार सङ्घको रजत महोत्सव कार्यक्रममा मन्त्री भण्डारीले लगानीको वातावरण बनाउने योजनामा सरकारका सबै युनिट क्रियाशील भइरहेको बताए । उनले अहिलेको जटिलता हटाउन सबैको समन्वय जरुरी रहेको बताएका छन् । उनले नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न र आयातित वस्तु कम बेच्ने योजनामा व्यवसायीहरू लाग्नुपर्ने सझुाव दिए ।