Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बन्ने भयोःधुर्मुस—सुन्तली फाउन्डेसन


बन्ने भयोःधुर्मुस—सुन्तली फाउन्डेसन

धुर्मुस—सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बनाउनका लागि वाग्मती प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा भएको निर्णय अनुसार रंगशाला निर्माणका लागि प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी गर्ने भएको हो । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको जनाएको छ । यस कार्यका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ ।