Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थाई एयरवेजको काठमाडौं उडान आगामी नोभेम्बरदेखि पुनः सञ्चालन


थाई एयरवेजको काठमाडौं उडान आगामी नोभेम्बरदेखि पुनः सञ्चालन

काठमाडौं, भदौ ७ । कोभिड महामारीका कारण अप्रिल २०२० देखि रोकिएको थाई एयरवेजको काठमाडौं उडान आगामी नोभेम्बरदेखि पुनः सञ्चालन हुने भएको छ । थाई एयरवेज इन्टरनेसनलले नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए)मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेर पुनः उडान सुचारु गर्ने तयारी गरेको हो ।

सोसाइटीले थाई एयरवेजका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवा उपलब्ध गराउने बताइएको छ । थाई एयरवेजले सन् १९६८ डिसेम्बरमा नेपालमा पहिलोपटक उडान गरेको थियो । थाई एयरवेजका चिफ कमर्सियल अफिसर कोराकोट चटासिंघाले काठमाडौं उडान पुनः सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे ।

सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, थाई एयरवेजको जिएसए नियुक्ति हुनु सोसाइटी इन्टरनेसनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससहित स्थानीय विशेषताको प्रतिबिम्ब हो । यसले नेपाली जनतालाई भ्याकेसन’ र अनबोर्ड सर्भिस’को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।