काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजदेखि सकिने भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकी रहेको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए । ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ हुँदै छ,’ जैसीले भने । २.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाई रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ ।
नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थ्रु’