Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने


मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने

काठमाडौं । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम भूकम्प प्रभावितहरूलाई दिने भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् ।

बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको पारिश्रमिक भूकम्पपीडितहरुलाई राहतमा उपलब्ध गराउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भएको थियो भने साढे दुई अर्ब भन्दा धेरैको धनमाल क्षति भएको छ ।