Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने चीनको प्रतिक्रिया


भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने चीनको प्रतिक्रिया

काठमाडौं । चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने र विश्वको विरुद्ध जान खोज्नेहरु आफैं एक्लिने चेतावनी दिएका छन् ।

स्पेन भ्रमणमा रहेका राष्ट्रपति सीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटमा विगत सात दशकमा भएको चीनको विकास आत्मविश्वास र कठिन महेनतको परिणाम हो भन्दै कुनै देशको समर्थनबाट नभएको समेत प्रष्ट पारेका छन् ।

चीनिया कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका सीले चीन आफ्नै बलबुता र आफ्नै सिद्धान्तबाट अघि बढेको भन्दै वाह्य वातावरण परिवर्तनले बेइजिङलाई कुनै असर नगर्ने प्रष्ट पारे ।

अमेरिकाले चीनमाथि १३४ प्रतिशत भन्सार कर बढाएको जवाफमा चीनले पनि अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको छ । यो व्यापार युद्दमा चीनले नहार्ने र अमेरिका विश्वबाट एक्लिने चेतावनी सीले दिएका छन् । उनले चीन र युरोपेली युनियनले आफ्ना अन्तर्राष्ट्रिय जिम्मेवारीलाई साझेदारी रुपमा पूरा गर्दै अन्तर्राष्ट्रिय व्यापारलाई मर्यादित बनाउने बताएका छन् ।