Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रमुख बालेनले अध्यक्ष ओलीलाई भनेः दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनुहोस्


प्रमुख बालेनले अध्यक्ष ओलीलाई भनेः दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनुहोस्

काठमाडौँ । पछिल्लो दुई नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानरपालिकाका प्रमुख बालेन शाहबीच निकै जुहारी चलेको छ । अध्यक्ष ओलीले केहिदिनअघि मात्रै बालेनको आलोचना गरेको थिए । उनले सडक विभाग र मन्त्रालयअघि धुलो फालेको विषयमा आफ्नो टिप्पनी राख्दै छिमेकीको घरअघि धुलो फ्याक्ने कस्तो संस्कार हो भन्दै बालेनको आलोचना गरेका थिए । काठमाडौं महानगरपालिकाले गत शनिवार सडक विभाग र मन्त्रालयको गेटअघि धुलो उपहारकारुपमा फालेको थियो ।

सोहि विषय सामाजिक सञ्चालनमा कतिले समर्थन गरेका थिए भने कतिले आलोचना । आज बिहान प्रमुख बालेनले फेरी केपी शर्मा ओलीको आलोचना गर्दै दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन आग्रह गर्दै सामाजिक सञ्जालमा गिरीबन्धु टी स्टेटको विषय उठाएका छन् ।

उनले ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन आग्रह गरेका छन् । मेयर शाहले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।

सोमबार बिहान साहले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको भन्दै कटाक्ष गरेका छन् । बालेनले समाजिक सञ्जालमा लेखेका छन्, १० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’