Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री?


सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री?


काठमाडौं,साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।