Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा दोहोरो अंकको गिरावट


सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलव ०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ५८ दशमलव ५३ विन्दुमा कायम भएको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से मंगलबार दुई दशमलव १७ अंकले घटेको थियो । बुधबार १७.९३ अंकले घटेको थियो ।

आज ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको  छ । कुल ३२ कम्पनीको मूल्य बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो । ६ वटा कम्पनी स्थिर रहे । नेप्सेका अनुसार सबै उपसमुह घटे । त्यसमध्ये म्युचअल फन्ड उपसमुह मात्रै शून्य दशमलव शून्य २ अंकले बढ्यो । सबैभन्दा बढि जिवन बिमा १०० दशमलव ५७ अंकले घट्यो । होटल तथा पर्यटन ८१ दशमलव ४८, निर्जिवन बिमा ६५, उत्पादन तथा प्रशोधन ३८, हाइड्रोपावर ३४ दशमलव ६३, फाइनान्स २६ दशमलव ५३ अंकले घट्यो ।


रुरु जलविद्युत आयोजना ५ दशमलव ६३, एनआएबीएस प्रगती फन्ड ३ दशमलव ८७, लक्ष्मी भ्यालु फन्ड २, ३.५२ प्रतिशतले कमाए । बिजय लघुवित्त वित्तिय संस्था १०, माउन्टेन इनर्जी नेपाल १० प्रतिशतले गुमाए । कारोबारको आधारमा नेपाल इन्स्योरेन्ट संस्थापक सेयर अगाडि रहे । नेपाल इन्स्योरेन्ट संस्थापक सेयरको ११ करोड ६७ लाख कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड कारोबार भएको छ ।