Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिजुली बेचेर साढे ६ अर्ब बढी आम्दानी, अपर तामाकोशीको सबैभन्दा बढी


बिजुली बेचेर साढे ६ अर्ब बढी आम्दानी, अपर तामाकोशीको सबैभन्दा बढी

काठमाडौं । जलविद्युत कम्पनीहरुले बिजुली बेचर साढे ६ अर्ब बढी आम्दानी गरेका छन् ।
संचालनमा रहेका कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा ६ अर्ब ७० करोड ९९ लाख रुपैयाँ बढी विद्युत बिक्री आम्दानी गरेका हुन् ।


तीमध्ये ५८ वटा कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार केही आयोजनाहरुले गत वर्षको दोस्रो त्रैमासमा विद्युत उत्पादन र विक्री सुरु गरेकाले पनि गत आवको तुलनामा यस वर्ष आम्दानी बढी देखिएको हो । गत आवको समिक्षा अवधिको तुलनामा योे २३.२९ प्रतिशतले बढी हो ।


६ अर्ब १७ करोडको बिजुली बेचेर अपर तामाकोशीले ग¥यो सर्वाधिक आम्दानी


अपर तामाकोशीले सबैभन्दा धेरै विद्युत बिक्री गरेर आम्दानी गरेको छ । सरकारी स्वामित्वमा रहेको तामाकोशीले ६ अर्ब १७ करोड ६० लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको हो । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने १९.६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेका कम्पनीहरु यसप्रकार रहेका छन् ।–


त्यस्तै, सोही अवधिमा अधिकांश कम्पनीहरुको विद्युत बिक्री मुनाफा भने घटेको छ । साथै, चालु आवको हिउँदमा आयोजनाहरुको विद्युत उत्पादन पनि घटेको छ । नेपालमा नदी प्रवाहमा आधारीत (आरओआर) आयोजना छन् । तर, यसपाली हिउँदमा पानी नपर्ने, हिउँ नपर्ने लगायतका कारण खोलामा पानीको बहाव घट्दा आयोजनाहरुको विद्युत उत्पादन पनि ठूलोे मात्रामा घटेको छ । यसरी विद्युत उत्पादन घटेर आम्दानी पनि घटेको छ । यसले कम्पनीहरुको नाफामा प्रभावित परेको छ भने अधिकांश कम्पनीहरुले नोक्सानी समेत व्यहोर्नुपरेको छ ।
समिक्षा अवधिमा मात्रै २८ वटा जलविद्युत कम्पनीहरुको बिक्री आम्दानी घटेको छ । सो अवधिमा सबैभन्दा धेरै आम्दानी (प्रतिशतका आधारमा) एशियन हाइड्रोपावरको घटेको छ । कम्पनीको यस्तो आम्दानी गत वर्षको तुलनामा ७७.२५ प्रतिशतले घटेको हो ।
ती २८ वटा कम्पनीको विद्युत बिक्री आम्दानी विवरण यसप्रकार रहेका छन् ।–