Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक बढ्यो


नेप्से परिसूचक बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा भएको कारोबार रकम दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो । होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । 

अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ६८ प्रतिशतले बढेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको  छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार छ सय ६७ कित्ता किनबेच भएको छ ।