Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

इन्धनको मूल्य घट्यो, पेट्रोल २ र डिजेल/मट्टीतेल ४ रुपैयाँ


इन्धनको मूल्य घट्यो, पेट्रोल २ र डिजेल/मट्टीतेल ४ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन -आईओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ ।

तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख  छ । लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको छ ।