Wednesday, January 14, 2026

२०८२ माघ १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमसीसी एक्जुकेटिभ डाइरेक्टर र मन्त्री ज्वालाबीच भेटवार्ता


एमसीसी एक्जुकेटिभ डाइरेक्टर र मन्त्री ज्वालाबीच भेटवार्ता

काठमाडौं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।एमसीसी एक्जुकेटिभ डाइरेक्टर र मन्त्री ज्वालाबीच भेटवार्ता नेपाल भ्रमणमा रहेकी एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्।

नेपाल सरकार र सार्वभौम संसद्‌ले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी हुन दिनेछैन‚ अमेरिकी पक्षसँग मन्त्री ज्वालाले भने एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने बताएका छन् ।