Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेलायतको दोस्रो ठूलो सहर टाट पल्टीयो


बेलायतको दोस्रो ठूलो सहर टाट पल्टीयो

एजेन्सी । बेलायतको दोस्रो ठूलो सहर टाट पल्टेको छ । मंगलबार बर्मिङ्घम शहरले टाट पल्टेको स्वघोषणा गरेको हो। ९५४ मिलियन डलरको समान भुक्तानीको दावी परेपछि बर्मिङ्घमले अत्यावश्यक खर्च बाहेकका सबै खर्च बन्द गरेर टाट पल्टेको घोषणा गरेको हो ।

१० लाख भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्ने बर्मिङ्घम सिटी काउन्सिलले मङ्गलबार अत्यावश्यक सेवाहरू बाहेक सबै खर्च रोक्न सेक्शन ११४ अन्तर्गत सूचना दायर गरेको थियो। लाखौं पाउण्डको वार्षिक बजेट कम हुँदा परिषदले टाट पल्टेको स्वघोषणा गरेको हो । 

विपक्षी लेबर पार्टीद्वारा सञ्चालित बर्मिङ्घम सिटी काउन्सिल युरोपको सबैभन्दा ठूलो स्थानीय प्राधिकरण हो। यसमा १०० भन्दा बढी काउन्सिलरहरू छन्। काउन्सिलले मंगलबार सेक्सन ११४ अन्तर्गत जोखिममा परेका व्यक्तिको संरक्षण र वैधानिक सेवा बाहेक सबै नयाँ खर्च तत्काल बन्द गर्न एक सूचना जारी गरेको हो । ६५० देखि ७६० मिलियन पाउण्डसम्म समान दावी भुक्तान गर्नुपर्ने भएपनि संसाधनको अभावमा भुक्तानी गर्न नसकेपछि गम्भीर वित्तीय संकट उत्पन्न भएको हो ।

काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा काउन्सिलका वित्त हेर्ने अन्तरिम निर्देशक फियोना ग्रीनवेले स्थानीय सरकार ऐनको सेक्सन ११४(३०) अन्तर्गत प्रतिवेदन जारी गरेका छन् । जसले काउन्सिलसँग समान पारिश्रमिक पाउन अपर्याप्त स्रोतसाधन रहेको पुष्टि गरेको छ ।

खर्च पूरा गर्ने र यो दायित्व पूरा गर्ने अहिले कुनै अन्य माध्यम छैन्,’ उनले भने, ‘काउन्सिलले पहिलेदेखि नै रहेको खर्च नियन्त्रणमा कडाई गर्नकासाथै कमजोर र वैधानिक सेवाहरूको सुरक्षामा अपवाद बाहेक अन्य सबै नयाँ खर्च तुरुन्तै रोक्न सुनिश्चित गर्न सेक्सन १५१ अधिकारीको हातमा सुम्पिनेछ । ’