Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँट


नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।  असार ११ गते सोमबार अलफ्ट होटल, ठमेलमा शेयर बाँडफाँट भएको हो ।कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेका छन् । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अुनसार योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

जसमध्येबाट पनि भाग्यमानी एकजनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सो मध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट गरिएको हो ।