Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

निर्जीवन बीमा कम्पनीले अब न्यूनतम १०० रुपैयाँको व्यवसाय गर्न सक्ने


निर्जीवन बीमा कम्पनीले अब न्यूनतम १०० रुपैयाँको व्यवसाय गर्न सक्ने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले अब सम्पत्ति बीमा गर्दा न्यूनतम १०० रुपैयाँको व्यवसाय (बीमा शुल्क) लिन पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले हालै सम्पत्ति बीमा निर्देशन, २०८० जारी गर्दै कात्तिक १ गतेदेखि लागू हुनेगरी सो निर्देशिकाको व्यवस्था गरेको हो ।

यसअघि सम्पत्ति बीमा गर्दा न्यूनतम व्यवसाय (बीमा शुल्क) ५०० रुपैयाँ हुनु पर्दथ्यो । लघुबीमा अन्तर्गतको सम्पत्ति बीमा गर्दा भने ५० रुपैयाँको न्यूनतम व्यवसाय हुन पर्दथ्यो । तर, अहिले सम्पत्ति निर्देशिका जारी गर्दै ठूला निर्जीवन बीमा कम्पनीहरूलाई लागू हुनेगरी न्यूनतम १०० रुपैयाँको व्यवसाय लिन पाउने व्यवस्था गरिएको हो ।

लघुबीमा कम्पनीहरूले भने लघुबीमा निर्देशिकाअनुसार व्यवसाय गर्नुपर्छ । निर्देशिकामा भनिएको छ,–‘बीमा शुल्क गणना गर्दा जुनसुकै अवस्थामा १०० रुपैयाँ भन्दा कम बीमा शुल्क लिन पाइने छैन । यस निर्देशनमा उल्लेख गरिएको बीमा न्यूनतम बीमादर हो र बीमकले सो भन्दा बढी रकम बीमा शुल्क गणना गरी जारी गर्न सक्नेछ।’

यसअघिको निर्देशिकामा भनिएको थियो,–‘बीमा शुल्क गणना गर्दा ५०० रुपैयाँ भन्दा कम बीमा शुल्क लिन पाइने छैन । तर, लघुबीमा अन्तर्गत पर्ने सम्पत्ति बीमाको हकमा भने न्यूनतम ५० रुपैयाँसम्मको बीमा शुल्क लिन पाइने छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्पत्ति बीमालाई व्यवस्थित बनाउन यो निर्देशन जारी गरेको बताए । निर्देशन मार्फत् औद्योगिक क्षेत्रको बीमादर घटाउने प्रयास पनि गरेको उनको भनाइ छ ।

यस्तै, अभिकर्ता बिना ग्राहकले सिधै कम्पनीमा गएर बीमा गर्दा पाउने छुट भने घटाइएको छ । यसअघि अभिकर्ता बिनै बीमा गर्दा (ग्राहक सिँधै कम्पनीमा गएर) १० प्रतिशत सम्म छुट पाइन्थ्यो । तर, अब ५ प्रतिशत मात्रै छुट पाउने व्यवस्था गरिएको छ । अभिकर्ताको माध्यमबाट बीमा गर्दा बीमाशुल्क छुट दिन भने पाइने छैन । यद्यपि, अभिकर्ताले पाउने रकम बराबरको छुट दिन सकिने गरी निर्देशनले बाटो भने खुला गरेको छ ।