Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलविद्युत् कम्पनीको नियन्त्रणमा सेयर बजार


जलविद्युत् कम्पनीको नियन्त्रणमा सेयर बजार

कठमाडौं, भदौ ३ ।नेपाली सेयर बजार लगातार दोस्रो वर्ष पनि जलविद्युत् कम्पनीहरुको नियन्त्रणमा देखिएको छ । व्यापक प्रतिफल दिन अधिकांश कम्पनीहरु अक्षम भइरहेका बेलामा पनि दोस्रो बजारमा सबैभन्दा धेरै कारोबार यिनै कम्पनीको हुने गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार वितेका दुई आर्थिक वर्षमा सेयर बजारको कुल ब्यापारमध्ये एक चौथाईभन्दा धेरै हिस्सा जलविद्युत् समूहले ओगट्दै आएको देखिएको छ ।

अहिले पनि सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयर संख्या र पूँजीलाई आधार मान्ने हो भने बाणिज्य बैंकहरुकै ठूलो दबदबा देखिन्छ । गत आर्थिक वर्षमा कुल सूचीकृत कम्पनीमध्ये करीब ५४ प्रतिशत सेयर बाणिज्य बैंकहरुको मात्रै सूचीकृत भएको थियो । बजार पूँजीकरणको आधारमा पनि वित्तीय संस्थाहरु नै अग्रस्थानमा देखिन्छन् । गत असार मसान्तमा वित्तीय संस्थाहरुको पूँजीकरण सिंगो सेयर बजारको ६३ प्रतिशत रहेको थियो । यसमध्ये बाणिज्य बैंकहरुलेमात्रै कुल बजार पुँजीकरणमा करीब ३१ प्रतिशत हिस्सा ओगटेका छन् ।

बीमा कम्पनीहरुले साढे १५ प्रतिशत र जलविद्युत् क्षेत्रले केवल १३.२ प्रतिशतमात्रै पूँजीकरणमा हिस्सा पाएको छ । त्यसपछि लघुवित्त संस्थाहरुले बजार पूँजीकरणको झण्डै १० प्रतिशत हिस्सा ओगट्छन् ।तर सेयर संख्या र पूँजीकरण कम भएका, प्रतिफल दरमा पनि धेरै तगडा नदेखिएका जलविद्युत् कम्पनीहरु नै सेयरको दोस्रो बजारमा सबैभन्दा धेरै आकर्षक किन भए पछिल्ला दुई वर्षमा जलविद्युत् क्षेत्रले बाणिज्य बैंकको कारोबारलाई समेत जितेको छ । यसले बजारमा प्रत्यक्ष नियमन नभएको क्षेत्रप्रति लगानीकर्ताको चासो बढेको देखाएको सेयर विश्लेषक बताए।