Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन


आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।

मन्त्रालयका अनुसार निगम प्रमुुखका लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, ई. सहदेव चन्द, दिलीप शेखर श्रेष्ठ, चितवनका ई. डा. डोलप्रसाद चापागाईं, मोरङका पङ्कजकुमार दास, माधव रेग्मी, ई.आमोदप्रसाद चौधरीले आवेदन दिएका छन्।

यस्तै धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनी निगमको कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा छन् ।

मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको थियो ।