काठमाडौं । देशभरका सहकारी संस्थाहरुमा समस्या बढ्दा सहकारी संस्थालाई भर्याङ बनाएर राजनीति गर्ने सहकारी संगठनका नेताहरु गुमनाम हुँदा सहकारी सञ्चालकहरुले असन्तुष्टि पोख्न सुरुगरेका छन् । बचतफिर्ताको दवावमा बचतकर्ताबाट धर-पकट सहेका सहकारी संञ्चालहरुले संगठनले आफुहरुका विषय एउटा विज्ञप्ती समेत जारी गर्न नसकेको गुनासो गर्न थालेका हुन ।
देशभरिका सहकारी संस्थाहरुको साझा संगठन राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून), जिल्ला सहकारी संस्थाहरुका नेताहरुले कुनै पनि सहकारीकर्मीमाथि भएको अन्यायमा नबोलेको एक सहकारी सञ्चालनले बताए । उनले भने, देशमा बढ्दो आर्थिक संकट, सहकारीमाथि बचतफिर्ताको दवाव र केहि सहकारीका कारण बदनाम भएको सहकारी अभियानका विषयमा नेतृत्वमा रहेका व्यक्तीहरु बोल्न डराउनु पर्ने ? 'हिजो हामीले नै बनाएको महासंघ अहिले हामीलाई अप्ठेरो पर्दा समग्र सहकारी समस्याका विषयमा बोल्न चाहदैन उनले भने' । महासंघको नेतृत्वमा ओमदेवि मल्ल र नेफ्स्कूनमा चन्द्र प्रसाद ढकाल छन् ।
दुबै संस्थाका अध्यक्षहरु लामो समय सहकारी संस्थाको नेतृत्व गरेर त्यहाँ पुगेका हुन । काठमाडौंकै एक सहकारी सञ्चालकले भने, म माथि र मेरो सहकारी संस्थामाथि भएको पटक—पटकको आक्रमणका विषयमा दुबै संस्थाका अध्यक्ष ज्यू,लाई जानकारी गराएको थिए, एउटा विज्ञप्तीमात्रै जारी गरिदिनु जसले गर्दा बचतकर्तामा थप भरोसा बढ्छ भन्दा उहाँहरुले यसलाई वेवास्ता गर्नु भयो । ‘म लगाएत परिवार र सहकारी संस्थामाथि आक्रमण हुँदा त्यसको विरुद्धमा महासंघले एउटा विज्ञप्ती जारी गर्न सकेन’ । महासंघ नेतृत्वमा राम्रो सम्बन्ध छ ‘उनले थपे हाम्रा एजिएममा उहाँहरुनै प्रमुख अतिथि हुनुहुन्छ । हामीले एजिएममा खाम मात्रै दिने हो’ ? हाम्रा दुःखमा बोल्नु पर्दैन ? भत्ताकालागि मात्रै महासंघको नेतृत्वमा आएको त होइन होला ?
महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समग्र सहकारी समस्याको विषय जानकारी गराएको छ, तर संस्थागतरुपमा हामीलाई सहयोग गरेको छैन उनले भने,। अर्का एक सहकारी सञ्चालकले भने, सहकारीका नाममा राजनीति बढ्यो, महासंघलाई राजनीति गर्ने थलो बनाइयो जसले थप समस्या बढ्दै गएको छ ।
अर्का सहकारी सञ्चालकले भने, महासंघ र नेफ्स्कूनले अहिले सहकारीमा देखिएका समस्या समाधान गर्न, बचतकर्ता र सञ्चालकबीच विश्वासको वातावरण बनाउन सहयोग गर्नुपर्ने थियो । तर, त्यो भएन । महासंघले कार्यदल बनाएर एक पटक बचतकर्ता र सञ्चालकबीच सहकार्यको वातावरण बनाउनु पर्ने हो, सहकारी नै नभए महासंघ र नेफ्स्कून रहन्न ? महासंघले राष्ट्रिय सहकारी बैंकको ज्याजतीका विषयमा नबोलेको भन्दै सहकारी सञ्चालकले गुनासो गरेका छन् । यस्तो अबस्थामा महासंघले खबरदारी गर्नुपर्ने उनिहरुको भनाई थियो ।