काठमाडौं ।औद्योगिक घराना खेतान ग्रुपले पूर्वी नवलपरासीको १६ नम्बरमा रेडबुल उत्पादन गर्ने कारखाना संचालनमा ल्याएको छ ।
अर्थमन्त्री प्रकाश शरणमहतले मंगलबार कारखानाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले नेपालको अर्थतन्त्रले लय समात्दै गरेको दाबी गरे । 'अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो नकारात्मक छैन । सबै पक्ष सकारात्मक हुँदै छ,' महतले भने ।
कारखाना व्यवस्थापनमा संलग्न प्रसाद ज्ञावालीका अनुसार गैंडाकोट नगरपालिका-१७ नारायणी नदी किनारमा कारखाना स्थापना गरिएको हो । यो कारखाना करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ ।
यो सफ्ट इनर्जी ड्रिंक्स उत्पादनमा खेतान समूहका प्रेमप्रकाश खेतानको लगानी छ । एउटा रेडबुलको बजार मूल्य १ सय १० रुपैयाँ तोकिएको ज्ञवालीले बताए । उनका अनुसार दैनिक १५ हजार कार्टुन रेडबुल उत्पादन हुन्छ । यस उद्योगमा ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको जनाइएको छ । दैनिक १ सय जनाले रोजगारी पाएका छन् ।