Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार १७.९३ अंकले घट्यो


सेयर बजार १७.९३ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसुचक १७ दशमलव ९३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ७६ दशमलव ६० विन्दुमा कायम भएको छ ।

सोमबार ११.२७ अंकले घटेको नेप्से मंगलबार दुई दशमलव १७ अंकले घटेको थियो । बुधबार ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १९० कम्पनीको मूल्य घट्यो । ७ वटा कम्पनी स्थिर रहे । नेप्सेका अनुसार सबै उपसमुह घटे । त्यसमध्ये अन्य उपसमुह मात्रै २ दशमलव ३९ अंकले बढ्यो । जीवन बिमा १५९ दशमलव २५, निर्जीवन बिमा १५४ दशमलव ६३, उत्पादन तथा प्रशोधन १०६ दशमलव ९६ अंकले घट्यो । होटल तथा पर्यटन ५५ दशमलव ४६ र विकास बैंक ४६ दशमलव ७० अकंले घट्यो ।

विजय लघुवित्त वित्तीय संस्था ९ दशमलव ८८, कुमारी धनवृद्धि योजना ३ दशमलव ६३, सिटिजन्स म्युचअल फुन्ड २ ३.५५ प्रतिशतले कमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९ दशमलव ९८, अभियान लघुबित्त वित्तीय संस्था ७, माहुलि लघुवित्त वित्तीय संस्था ५ दशमलव ३० प्रतिशतले गुमाए ।

कारोबारको आधारमा सोनापुर मिनरल्स सबैभन्दा अगाडि रहे । सोनापुर मिनरल्सको ६ करोड २८ लाख कारोबार भएको छ । एनआइसी एसिया डेबेन्चर (८१/८२) को ५ करोड ३ लाख, सिटिजन लाइफ इन्स्योरेन्स ३६ करोड ८० लाख कारोबार भएको छ ।