Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्टार्टअप उद्यम कर्जाः एक हजार बढी परियोजना प्रारम्भिक सूचीमा


स्टार्टअप उद्यम कर्जाः एक हजार बढी परियोजना प्रारम्भिक सूचीमा

काठमाडौँ । दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी परियोजना प्रारम्भिक सूचीमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १३१४ परियोजना प्रारम्भिक सूचीमा परेको जनाएको छ ।

उक्त कर्जा परियोजनाका लागि ५ हजारभन्दा बढी प्रस्ताव आएका छन् । चालु आर्थिक वर्ष (२०८१—०८२) मा स्टार्टअप कर्जाका लागि भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १५८ वटा प्रस्ताव प्राप्त भएको थियो ।

जसमध्येबाट एक हजार बढी प्रारम्भिक सूचीमा परेका हुन् । सूचीमा परेकामध्ये कृषि फाम, होस्टेल, घरेलु उद्योग, आइटी क्षेत्रलगायत रहेका छन् । प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो ।

२१ दिनको अवधि राखेर गरिएको आह्वान अनुसार भदौ ३१ गतेसम्म ५ हजार १५८ प्रस्ताव प्राप्त भएको थियो । सरकारले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ। सो कार्यक्रमबाट ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको छ ।