Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा, २० मतदान केन्द्रमा मतदान जारी


कीर्तिपुर उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा, २० मतदान केन्द्रमा मतदान जारी

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुख र दुई वडा अध्यक्ष उम्मेदारको उपनिर्वाचनकालागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले २० वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । कीर्तिपुर नगरप्रमुख र वडा नं. १ र वडा नं.४ मा वडाध्यक्षको पदको उपनिर्वाचन भइरहेको हो । नगरप्रमुखकै उपनिर्वाचन भएकाले यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको कीर्तिपुर प्रहरीले जनाएको छ । कीर्तिपुर नगरको मेयर पदका लागि ११ स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन् । सबैमा मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको स्थानीय पत्रकार नजरराम महर्जनले जानकारी दिए । २० मतदान केन्द्रमा ३१ हजार १ सय २२ जना मतदाताले भोट खसाल्नेछन् ।