Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालयन बैंकले एफपीओ जारी गर्ने


हिमालयन बैंकले एफपीओ जारी गर्ने

काठमाडौं । हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले पुस २९ गतेका लागि साधारणसभा आह्वान गर्दै सो सभामा प्रिमियम थप गरी एफपीओ जारी गर्नेगरी विशेष प्रस्ताव लैजाने भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ ।

तर हिमालयन बैंकद्वारा सर्वसाधारणमा जारी सेयर हिस्सा ३० प्रतिशतभन्दा कम छ । बैंकले एफपीओ जारी गरी सर्वसाधारणका लागि जारी हुनुपर्ने न्यूनतम ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउने भएको हो । तत्कालीन सिभिल बैंकलाई गाभ्नुअघि हिमालयनमा जम्मा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर हिस्सा थियो ।

एफपीओ जारी गरेपछि संस्थापकहरुको सेयर हिस्सा घट्न गई सर्वसाधारणको सेयर हिस्सा बढ्नेछ । सर्वसाधारणलाई जारी गरिने सेयर संख्या, प्रिमियम मूल्य निर्धारणका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेगरी विशेष प्रस्ताव साधारणसभामा लगिने बैंकले जनाएको छ ।

साधारणसभाबाट सञ्चालक समितिले अख्तियारी पाएपछि मात्रै सर्वसाधारणमा जारी हुने एफपीओको सेयर संख्या सञ्चालक समितिले निर्धारण गर्नेछ । बैंकले यस पटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । त्यस्तै साधारणसभामा संस्थापक सेयरधनीका तर्फबाट ५ जना सञ्चालक र साधारणसेयर धनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन समेत हुने भएको छ ।