काठमाडौं,२० असार । प्रतिपक्षी दल नेकपा एमालेको अबरोध कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोली दिउँसो साढे १ बजे बस्ने गरि बैठक स्थगित भएको हो । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिनुपर्ने माग गर्दै संसद अबरुद्ध गरेको थियो ।
प्रधानमन्त्री दाहालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफु प्रधानमन्त्री बन्न भारतमा दौडधुप हुने गरेको भन्ने अभिव्यक्ती दिएपछि प्रतिपक्षीले आज प्रतिनिधिसभा र राष्ट्रीय सभा अबरुद्ध गरेका थिए ।
पहिलो बैठक अबरुद्ध भएर अपरान्ह ४ बजेकालागि बोलाइएपनि दलहरुमा सहमित हुन नसकेपछि भोलीलाई डाकिएको संसद सचिवालले बताएका छन् ।