काठमाडौं, एनआईसी एशिया बैंकको शेयर मूल्यमा ब्यापक चलखेल भएको छ। लगातार २९ दिनसम्म ओरालो लागेको एनआईसी एशिया बैंकको सेयर हिजो मंगलबार भने बढ्न पुगेको छ।
एनआईसी एशिया बैंकको सेयर मूल्य घटाएर किन्ने अनि मूल्य बढाएर बिक्री गर्न चाहनेको खेल भएको एक लगानीकर्ताले मेरोलगानीलाई बताएका छन्।
निरन्तर २९ दिन घटाउनुको कारण पनि यही हो, ती लगानीकर्ताले भने, २९ दिन रातो भएको एनआईसी एशिया बैंकको शेयर मूल्य हिजो हरियो हुनुको कारणले पनि चलखेल भएको स्पष्ट हुन्छ।